know . your . fav .artist

नाम : ससान कंडेल
जन्म मिति  : २०४३/११/१५  (27 Feb)
माता / पिता : रेखा कंडेल / देबिदत्त कंडेल
जन्म स्थान  : नवलपरासी, मुकुन्दपुर गा. वि .स
परिवारमा : बुबा आमा दाइ र म ( म चाही कान्छो )
मोबाइल  : 9803546202
हालको बसाइ: नयाँ बानेश्वर
औपचारिक शिक्षा  : बि. बि.एस. तेर्सो वर्ष
सांगीतिक शिक्षा  : तेर्सो वर्ष ( मधुरिमा कला केन्द्र र अनुराग सङ्गीत बिद्यालय
संगीतमा प्रेरणा  :  आमा
सबै भन्दा पहिले रेकर्ड  भएको गीत : घुम्दै जाँदा (२०६१ ) एल्बम मा छैन मन
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु  : सन्यास
सबै भन्दा बढी चलेको गितहरु  : सन्यास
आफुले गाएर आफैलाई मन नपरेको गीत : छैन
आफुले गाएर आफुलाई एकदमै मन परेको गीत  : पागल जोगी
जम्मा गीत संख्या  : १०
गायन क्षेत्रलाई नै रोज्नुको कारण  : सानो देखि नै यसमै झुकाव थियो संगीत क्षेत्रमै केहि गर्ने इच्छा भएर
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार  : सुगम पोख्रेल, नविन के भट्टराई / काली प्रसाद रिजाल
युगल गायनको लागी आफैले साथी राज्नु पर्‍यो भने  : सिने गुरुङ
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व  : सचिन तेन्दुलकर
एकदमै खुसी भएको क्षण : पहिलो एल्बमको जाने भए जाउ गीत कालिका एफ एम म्युजिक अवार्ड मा ३ वटा विधा मा मनोनयन मा परेको थाहा पाउदा
गायन यात्रामा दुःखद क्षण  :  कालिका एफ एम म्युजिक अवार्ड मा ३ वटा विधा मा मनोनयन मा पर्दा म त्यसै खुसि थिए र अवार्ड को आश पनि थिएन तर जब अवार्ड हल बाट बाहिर निस्कदा त्यस कार्यक्रममा मेरो ममी पनि आउनु भएको रहेछ छोरा ले अवार्ड पाउछ भनेर होला जब उहा लाई देखे अनि मात्र म दुखि भए उहाले छोरा ले पाउछ भनेर आश गर्नु भएको रहेछ तर पछी यो नै उपलब्धि ठुलो हो भनेर खुसि हुनु भयो
आदर्श व्यक्तित्व  : सचिन तेन्दुलकर
मन पर्ने जनावर  : मृग
मन पर्ने खाना  : नेपाली खाना
मन पर्ने रंग : रातो र कालो
मन पर्ने ठाउँ : पोखरा, आफ्नै जन्म थलो नवलपरासी
आफ्नो  शरिरको सबै भन्दा बढी मन पर्ने अंग : खास कुनै छैन
रिस उठ्दा : चुप लगेर बस्छु
वरदान पाए के माग्नु हुन्छ : शुन्दर शान्त देश नेपाल
अर्कौ जन्म भए के बन्ने रहर : म ससान नै भएर जन्मन चाहन्छु
यदि मान्छे नै भए भने त्यहि आमा बुबाको कोखबाट छोरी भएरै जन्मन चाहन्छु ।
सम्झन योग्य उपद्रो : सानो मा घर नजिकै को नारायणी नदीमा पौडी खेल्दा डुबेको थिए र साथि हरुले निकालेका थिए
अझ आफ्नो बारेमा भन्न मन लागेको कुरा : म सानै देखिनै गायन संग संगै डान्स पनि गर्दथ्ये मेरो आमा पनि राम्रो डान्स गर्नु हुन्छ र गायन मा पनि इच्छा राख्नु हुन्छ मेरो एल्बम को लागि लगानी गर्ने खासै क्षमता थिएन तर मेरो मामा गोबिन्‍द अधिकारीले सम्पूर्ण जिम्मा लिनु भयो र उहा लाई भगवान ठान्दछु