know . your . fav .artist

नाम : सिने गुरुङ्ग  Ciney Gugrung is The Selected One for the month of Falgun, 2066
जन्म मिति  : २२ मंसीर (6 december)
माता / पिता : स्व.कली काथर्क गुरुङ्ग, स्व: चन्द्र गुरुङ्ग
जन्म स्थान  : डाउ हिल, खर्साङ, भारत
परिवारमा : आफु र एक भाई
हालको बसाइ: नयाँ बानेश्वर
औपचारिक शिक्षा  : स्नातक
सांगीतिक शिक्षा  : घरमा बुवा बाट अनि स्कुलमा
संगीतमा प्रेरणा  :  बुवा
सबै भन्दा पहिले रेकर्ड  भएको गीत : मन
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु  : २
सबै भन्दा बढी चलेको गितहरु  :
मन, मेरो प्यारो मान्छे, तिम्रो  मायामा
आफुले गाएर आफैलाई मन नपरेको गीत : छैन
आफुले गाएर आफुलाई एकदमै मन परेको गीत  : मन
जम्मा गीत संख्या  : लगभग २५
गायन क्षेत्रलाई नै रोज्नुको कारण  : गीत अनि संगीतलाई धेरै माया गर्ने भएर
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार  :
न्ह्यु बज्राचार्य, अन्जु पन्त, आनी छोइङ डोल्मा, नबिन भट्टर्राई, अभया सुब्बा
युगल गायनको लागी आफैले साथी राज्नु पर्‍यो भने  : जीवन गुरुङ
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व  : मदर टेरेसा
एकदमै खुसी भएको क्षण : पहिलो अवार्ड पप सिङ्गर कालिका एफ एम बाट प्राप्त गर्दा
गायन यात्रामा दुःखद क्षण  : आफ्नो  एल्वमका सबै गीतहरुको भिडियो बनाउन नपाउँदा
आदर्श व्यक्तित्व  : न्ह्यु बज्राचार्य
मन पर्ने जनावर  : घोडा, कुकुर र खरायो
मन पर्ने खाना  : मोमो, नेपाली खाना, डल्ले खुर्सानी , किनेमा
मन पर्ने रंग : सेतो, निलो, रातो, र खैरो
मन पर्ने ठाउँ : चितवन, पोखरा, धरान
आफ्नो  शरिरको सबै भन्दा बढी मन पर्ने अंग : आखा
रिस उठ्दा : एकै छिनको रिस हुन्छ तर प्राय रिसाउदिन
वरदान पाए के माग्नु हुन्छ : आमा अनि बुबा
अर्कौ जन्म भए के बन्ने रहर :
यदि मान्छे नै भए भने त्यहि आमा बुबाको कोखबाट छोरी भएरै जन्मन चाहन्छु ।
सम्झन योग्य उपद्रो :
डोरेमी रेकर्डिङ स्टुडियोको कुर्सीमा चुइंगम खाएर राखेको थिए । पछि खाउला भनेर चाहि होईन । रेकर्डिङको क्रममा विर्सिएछु । त्यही कुर्सीमा न्ह्यु बज्राचार्य बस्नु भएछ त्यो चुइंगम त  न्ह्यु बज्राचार्यको प्यान्टमा हा...हा...हा...